५ जेष्ठ २०८१, शनिबार

 

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला कति ?

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार पनि छापावाला सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले नै बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २ सय रुपैयाँ थियो ।

चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ९ सय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्