बागलुङको ढोरपाटन नगरपालिका–८ का विपन्न विद्यार्थी, शारीरिक अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
विश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड वर्ल्ड द कुवेतले उनीहरूलाई चिसोबाट जोगाउन सहयोग गरेको हो ।
ढोरपान क्षेत्रमा वर्षासँगै भएको हिमपातले जनजीवन कष्टकर बन्दै गएको छ । ढोरपाटन नगरपालिकाको बोबाङका बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको संस्थाले जनाएको छ ।
वडाध्यक्ष नन्दे सुनारको रोहबरमा वडामा रहेका १५ ज्येष्ठ नागकिलाई कम्बल, शारीरिक रूपमा अशक्त भएका २० जनालाई सल र जनवादी आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका १५ विद्यार्थीलाई झोला वितरण गरिएको संस्थाका सदस्य सुजन सेन्चुरीले जानकारी दिए ।



















































































































































































































