१६ कार्तिक २०८३, आईतवार

 

कलंकी अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिने ट्रिपर चालक पक्राउ

बुधबार राति कलंकी अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिने ट्रिपर चालक सिन्धुपाल्चोकबाट पक्राउ परेका छन् ।

प्रहरीले २६ वर्षीय अनिल लामालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौं ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

बुधबार राति कलंकीको अन्डरपासमा बा ४ ख८५७९ नम्बरको टिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो ।
उक्त टिपर बिहीबार नख्खुस्थित चन्द्र सूर्य ग्यारेजमा लुकाइएको अवस्थामा फेला परेको थियो ।

याे पढ्नुहाेस्

रोकिएन ट्रिपर आतंक, कलंकी अन्डरपासमा दुईको मृत्यु

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung