२० बैशाख २०८१, बिहीबार

 

नेपाली युवाको भारतमा गोली हानी हत्या

भारतमा एक नेपाली युवाको गोली हानी हत्या गरिएको छ । सप्तरीको बरसाईन नगरपालिका–५ जाँजरका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको हो ।

स्थानीय सत्येन्द्र यादवको ग्यारेजमा कार्यरत डम्बर ग्यारेजकै कामले झन्झारपुर गएका थिए । घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र वोदेवरसाइन–८ का अनिल यादव सँगै रहेको जनाइएको छ।

सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले नेशनल हाइवेमै गोली हानेको सुरेन्द्र र अनिलले परिवारलाई जानकारी दिएको स्थानीय लोकेन्द्र यादवले बताए ।

पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको उनीहरुले बताएका छन्। डम्बरको घटनास्थलमै मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय वरसाईनका सई चन्द्रबहादुर केरुङ्ले घटनाको बारेमा जानकारी पाए पनि विस्तृत जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्