६ जेष्ठ २०८१, आईतवार

 

कतारले लगायो नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध

नोबोल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ।

कतारले चीन, इजिप्ट,भतरत,इराक,इरान,लेवनान,बांगलादेश,नेपाल,पाकिस्तान,फिलिपिन्स,दक्षिण कोरिया,श्रीलंका,सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।

कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ।

कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्