नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखोलाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बिगतका कार्यको समीक्षा गर्दै ,नयाँ केही कार्यक्रमको धोषणा गर्दै बैठक तारागाउँमा सम्पन्न भएको हो ।
संगठन बिस्तार एवम् सृद्वढीकरण अभियान अन्तगर्त आयोजित बैठकमा बोल्दै नेकपा गण्डकी प्रदेश सांसद एवम् गण्डकी प्रदेश सचिवालय सदस्य चन्द्र बुढा मगरले अभियान आन्तरिक पार्टी सुदृढीकरण मात्र नभइ सिङ्गो नेपाल र नेपाली जनताको भाग्य र भविस्य निर्माणको प्रक्रिया भएको बताए । समृद्द नेपाल र सुखी नेपालीको लक्ष्यलाई साकार पार्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।
सांसद बुढाले संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि सस्थागत गर्दै विकास, समृद्धि र सुशासनसँगै संघीयताको जनताले महशुस गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । बैठकमा पाँच वडाका वडा कमिटी अध्यक्षले पार्टीको संगठनात्मक अवस्थाको बारेमा जानकारी गराएका थिए । बैठकले तीन महिने संगठन बिस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको नेकपा ताराखोला अध्यक्ष दिवस खत्रीले जानकारी दिए ।
बैठकमा गण्डकी प्रदेश सदस्य एवं ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगर, गण्डकी प्रदेश सदस्य फोमलाल निउरे लगायले बोलेका थिए ।



















































































































































































































