३ श्रावण २०८३, आईतवार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमी अयोध्या नेपालमा पर्छ भनेपछि परराष्ट्र मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

श्रीरामको जन्मभूमी नेपालमा पर्छ भनेर अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा तानिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईको भारतका सञ्चारमाध्यमहरुले विशेष महत्व दिएर खण्डन गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले आज आधिकारिक धारणा बाहिर ल्याएको छ ।

यस्तो छ विज्ञप्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ–

१ प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कोही कसैको भावना र संवेदनामा चोट पु¥याउने नियत होइन ।

२ श्री राम र उनीसँग जोडिएका स्थानहरुका विषयमा विभिन्न किंवदन्ती र उदाहरण रहिआएकोमा प्रधानमन्त्रीले श्री रामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो ।

३ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन ।

ध्यान दिन जरुरी छ कि नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा छ, जहाँ भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मेइ २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गरेका छन्, जसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung