गाजा डेभलपमेन्ट फाउन्डेसन र केयर नेपालले जैमिनी नगरपालिकाका बाढीपहिरोपीडितलाई राहत प्रदान गरेका छन् । दुवै संस्थाका तर्फबाट शुक्रबार नगरपालिकाका ५६ परिवारलाई राहत वितरण गरिएको हो ।
फाउन्डेसनका शुभेच्छुक तथा गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेलको उपस्थितिमा प्रतिपरिवार १३ हजार रुपैयाँबराबरको राहत वितरण गरिएको फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक परमानन्द कँडेलले नयाँ विश्वलाई जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्याक्रममा गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेल,जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना, गाजा डेभलपमेन्ट फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक परमानन्द कँडेल, नेपाली कांग्रेसको केन्द्रीय वित्त तथा सहकारी विभागका सदस्य कृष्णशंकर श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।



















































































































































































































