६ जेष्ठ २०८१, आईतवार

 

‘धेरै धोका खाको’ दशैं गीत सार्वजनिक (भिडियोसहित)

दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यस्तै गायिक देवी घर्ती मगर र गायक प्रविन श्रेष्ठको युगल स्वर रहेको दशैं विशेष गीत ‘धेरै धोका खाको’ सार्वजनिक भएको छ ।
दशैंमा प्रदेशबाट घर आउन नपाएको पीडा भिडियोमा देखाइएको छ ।

गीतकाे लय तथा संगीत विष्णु सिंहले भरेका छन् भने, शब्द प्रविन श्रेष्ठ र सुनील सागरले लेखेका छन् ।  मारुनी डिजिटलमा रेकडिङ गरिएको गीतकाे भिडियो  गायिका देवी घर्तीको युट्यव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

गीतमा सारिका केसी, डम्बर, अनुप, नविन र प्रगतीलगायतले अभिनय गरेका छन् ।

भिडियाे हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्