१५ कार्तिक २०८३, शनिबार

 

बजार अनुगमनका क्रममा विभिन्न कैफियतहरु फेला

नियमित रुपमा बजार अनुगमन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यलय बागलुङले बजार अनुगमनका विभिन्न कैफियतहरु फेला पारेको छ ।

अनुगमनको क्रममा लेवल नभएका सामानहरु विक्री वितरण, मूल्य सूचि नभएका तथा अपडेट नभएको म्याद नाघेका, नापतौल प्रमाणिकरण नभएका खाद्य तथा खाद्यन्न वस्तुहरु भेटिए हो ।

घरेलु तथा साना उद्योग कार्यलय बागलुङको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यलयका , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रहरी कार्यालय, उपभोक्ता मञ्च र पत्रकारको प्रतिनिधित्व रहेको थियो ।

बागलुङ वजारका ९ वटा ठुला खाद्यान्न पसलको अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा बरामत भएका म्याद नाघेका खाद्य तथा उपभोग्य सामाग्री नष्ट गरीएको छ ।

यस अघिको अनुगमनको क्रममा दिईएका सुझावको केहीले पालन गरेको पाईएको घरेलु तथा साना उद्योग कार्यलय बागलुङका प्रमुख गुमादेवी शर्माले वताउनु भयो । अनुगमनको क्रममा विगतमा जस्तो म्याद गुज्रेका सामानको विक्रिमा कमि आएको पाईएको वताउनु भयो ।

पसलहरुमा प्याकिङ गरिएका सामानहरुमा लेवल प्रष्ट नभएको, केहि सामानहरुको उत्पादन गरेको कम्पनीको ठेगाना स्पष्ट नरहेको लगायतका सामानहरु फेला परेकाले व्यवसायीलाई सचेत वनाएको जनाईएको छ ।

सामान्य अवस्थामा भन्दा बढि उपभोग हुने मानिएका चाडपर्वहरु आउन लागेका बेला खाद्यन्न तथा अन्य दैनिक उपभोग्य बस्तुहरुको माग झन अधिक हुने निश्चित छ ।माग उच्च हुने तर वस्तु कम हुने हुँदा र बढि मुल्यमा बेच्ने नाममा व्यापारीहरुले गर्ने कालोबजारीले उपभोक्ताहरु झनै मर्कामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung