बागलुङ उद्योग वाणिज्य संघ बागलुङले ढोरपाटनका बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । बाढीपहिरोमा मृत्यु भएका परिवारका सदस्यहरुलाई बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले १ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
बाढीपीडित २२ परिवारहरुलाई ५ हजारको दरले आर्थिक सहयोग र ६ लाख बराबरको लत्ताकपडा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले हस्तान्तर गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले भने, ‘बागलुङ उद्योग वाणिज्य संघको सहयोगले बाढीपीडित परिवारका सदस्यहरुलाई जिवन यापनमा सहयोग पुग्नेछ ।’
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बाढीपीडित परिवारलाई आर्थिक, भौतिक सहयोग गरिएको भन्दै भविष्यमा पनि आवश्यक सहयोग जारी रहने बताए ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ,बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारी, बागलुङ उद्योग वाणिज्यका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले मन्तव्य व्यक्त गरेका थिए ।
राहत वितरण कार्याक्रममा स्थानीय व्यवसायी तिकल धर्तीले संयोजन गरेका थिए। बाढीपीडित परिवारको लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले एक लाख रुपैयाँ बागलुङ उद्योग वाणिज्य संघलाई उपलब्ध गराएका थिए ।
फेन्सी व्यवसायी संघ बागलुङले बाढीपीडित परिवारहरुको लागि ६ लाख बराबरको लत्ता कपडा उपलब्ध गराएको थियो । बागलुङ उद्योग वाणिज्य संघले बाढी गएको क्षेत्रमा पुन व्यापार, व्यवसायर्को संचालन गर्न र अन्य मानविय सहयोगको संयोजन गर्न आवश्यक पहल गर्ने बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले नयाँ विश्वलाई बताए । विस २०२० मा स्थापित बागलुङ उद्योग वाणिज्य संघ व्यापार, उद्योगको प्रवद्र्धन र सामाजिक सेवामा सक्रिय संस्था हो ।
गत भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा बाढी आउँदा ठूलो संख्यामा मानवीयसँगै भौतिक क्षति भएको थियो । अहिले त्यहाँ सडक, स्वास्थ्य, खानेपानी, विद्युत्, आवास पुनर्निर्माण कसरी गर्ने भन्नेबारे ढोरपाटन नगरपालिकाले गृहकार्य थालेको छ ।



















































































































































































































