बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठकले दसै भत्ता वापतको रकम सरकारलाई फिर्ता गरेका छन् ।बागलुङ क्षेत्र नम्बर १ का सांसद पाठकले देशमा कोरोनाका कारण आर्थिक संकट परेको भन्दै दशै भत्ता स्वरुप आफ्नो खातामा आएको फिर्ता गरेको बताएका हुन् ।
आइतबार संघीय सांसद सचिवालय सिंहदरबार पुगेर सांसद पाठकले आफ्नो खातामा दाखिला भएको ६४ हजार ७० सरकारी कोषमा दाखिला गर्नका लागि निवेदन दिएको बताएका छन् ।
संघीय संसद सचिवालयले प्रत्येक सांसद र संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवहरूलाई प्राप्त गर्दै आएको एक महिनाको पारिश्रमिक जत्तिकै रकम दसैं भत्तावापत बैंक खातामा जम्मा गरेको थियो ।



















































































































































































































