१६ कार्तिक २०८३, आईतवार

 

कोरोना नियन्त्रण प्रभावकारी बनाउन कर्मचारीहरूलाई शपथ

बागलुङमा कोरोना नियन्त्रण अभियान प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जिल्ला प्रशासन कार्यालय बागलुङको कर्मचारीहरुलाई शपथ खुुवाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्त्वपूर्ण हुने कर्मचारीहरुलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षकअन्तर्गत शपथ खुवाइएको हो ।

उनीहरूलाई रोगबाट बच्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकहरुलाई जिम्मेवारी बोध गराउने जिम्मेवारी तोकिएको छ । जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारी, स्थानीय स्तरमा स्थानीय तहका प्रमुखको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालयले तयार पारेको अभियानअन्तर्गत

आआफ्ना वडा, संघसंस्था, कार्यालय स्तरसम्म एक हप्ता अभियान सञ्चालन गर्ने, बजार टोल क्षेत्रमा माइकिङ गर्ने, पत्रपत्रिका, रेडियो, पम्प्लेटमार्फत व्यापक प्रचारप्रसार गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासनका प्रशासकिय अधिकृत धीरेन्द्रराज पन्तले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको कात्तिक १७ गतेको निर्णयअनुसार प्रजिअ न्यौपानेले विभिन्न विभिन्न ६ बुँदामा शपथ खुवाएका हुन् । जिल्लामा कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।भोलि जिल्लास्थित कार्यालयका प्रमुखहरुलाई शपथ खुुवाउने कार्याक्रम रहेको छ ।

तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung