३ श्रावण २०८३, आईतवार

 

आजदेखि नेपाल स‌ंवत्‌को नयाँ वर्ष ११४१

नेवार समुदायले आझ राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत् ११४१ लाई स्वागत गरेका छन् । नेवार समुदायले नेपाल संवत् धुमधामसाथ मनाउने गर्दछन् ।

विगत वर्षमा मोटर साइकल र्‍याली, सहर परिक्रमालगायतका विभिन्न कार्यक्रम गरिए पनि यस वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मात्रै सीमित रह्यो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत‌्को सुरुवात गरेको विश्वास गरिन्छ । विश्वभरि नेपाल समुदायले नेपाल संवत् मनाउने गरेका छन् ।

नेवार समुदायका अगुवाहरुले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको नेपाल भाषा मंका खल बागलुङका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले नयाँ विश्वलाई बताए ।

नेपालको आफ्नो संवत् हुँदाहुँदै प्रचलनमा नल्याउनु दुः खद भएको नेवार समुदायका अगुवा तथा सर्वसाधारणहरुको भनाइ छ । नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता दिँदै आधिकारिक रुपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै २००७ सालदेखि नै अभियान चल्दै आएको छ ।

अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘कोरोनामुक्त वर्ष ११४१’ होस् भन्ने कामनासाथ शुभकामना आदान प्रदान गरी नेपाल संवत् मनाइरहेको नेपाल संवत् ९न्हुँद० राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung