बागलुङको कालिका भगवती गुठीको आयोजनामा चार दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले तालिमको आज समापन गरेका छन् ।
तालिममा आगलागी नियन्त्रण, प्राथमिक उपचार, भीडभाड नियन्त्रण र विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

उनका अनुसार मन्दिरका १० जना कर्मचारी र स्थानीय ४ जना गरि १४ जनाले मंगलबारदेखि तालिममा भाग लिएका थिए । तालिममा विपद् व्यवस्थापन गुल्म बागलुङका प्र.नि सागर तिमिल्सनाले प्रशिक्षणकाे सहजिकरण गरेका थिए ।
तालिममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले विपद्का बेला सिकेको सीपले ठूलो क्षति हुनबाट जोगाउन सकिने बताएका छन् ।

तस्बिर : अर्जुन ढकाल



















































































































































































































