१५ बैशाख २०८१, शनिबार

 

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा बुधबार सुनको मूल्यमा प्रतितोला आठ सयले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार तीन सयमा कारोवार भएको थियो । मंगलबारको तुलनामा प्रतितोला आठ सयले उकालो लागेको महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला ३० ले वृद्धि भएको छ । मङ्गलबार एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्