७ जेष्ठ २०८१, सोमबार

 

सभामुख र अध्यादेशविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

सभामुख अग्नि सापकोटा र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइ नहुने भएको छ ।

सर्वोच्च अदातलका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले सभामुख सापकोटा र अध्यादेशविरुद्धका दुवै मुद्दाको पेसी ‘हेर्न नभ्याइने’मा राखेको हो ।

सापकोटामाथि माओवादी जनयुद्धका बेला काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । यस्तै सरकारले गत मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

सो अध्यादेश खारेजीका लागि वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी, अधिवक्ताद्वय ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्