१६ बैशाख २०८१, आईतवार

 

लोक सेवाले माग्यो ४ सय ११ जना कर्मचारी (सूचनासहित)

लोक सेवा आयोगले ४ सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ । आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो।

लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि योग्यता पुगेकाहरूबाट दरखास्त मागेको हो ।

न्याय, प्रशासनतर्फ आयोगले आवेदन खुला गरेको छ । दरखास्त माघ २० गतेसम्म भरिसक्नु पर्नेछ । आयोगका काठमाडौंलगायत देशभरका सातै कार्यालयबाट दरखास्त दिन सकिन् छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्