
लोकसेवा आयोगले विभिन्न समूहका लागि राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका लागि कर्मचारी माग गरेको छ ।
आयोगले सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन गरेको हो ।
आयोगका अनुसार त्यसमध्ये १५३ जना जेष्ठताका आधारमा बढुवा सिफारिस गरिनेछ ।
साथै बाँकी पदहरुमा भने खुला तथा समावेशीताको आधारमा पदपूर्ती गरिनेछ ।
त्यस्तै खुलातर्फ विभिन्न समूहमा १९९ जना, महिलातर्फ ५३ जना, आदीवासीजनजातितर्फ ५३ जनाको दरबन्दी रहेको छ ।
हेर्नुहोस् विज्ञापन