१६ बैशाख २०८१, आईतवार

 

२२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

लोक सेवा आयोगले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । आयोगका सदस्यको संयोजकत्वमा बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले बिहीबार सिफारिस गरेपछि मन्त्रालयले शुक्रबार बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना गरेको छ । कसैले उजुरी नगरे २२ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानविन गर्नेछ ।

लोक सेवा आयोगका अध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा ५ सदस्यीय बढुवा समिति बनेको छ । समितिमा आयोगका अर्का एक सदस्य, मुख्यसचिव र एक जना विज्ञ सदस्य रहने व्यवस्था छ । मन्त्रालयका सचिव समितिका सदस्य सचिव हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्