३ श्रावण २०८३, आईतवार

 

यो हो सर्वोच्चले सरकारलाई सुटुक्क फिर्ता दिएको फाइल

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी मागे ।

श्रेष्ठले प्रतिनिधिसभा विघटनको निर्णय भएको मन्त्रिपरिषद् बैठकको निर्णय फाइल आए – नआएकोबारे जानकारी मागेकाे लगत्तै साेही निर्णय बेञ्चमा प्रस्तुत नै नभई किन फिर्ता भयो ? भनेर प्रश्न गरे ।

त्यसपछि न्यायाधीशहरुले निर्णयको सक्कलबारे प्रधानन्यायाधीशसँग प्रश्न गरे ।  न्यायाधीशले सक्कल निर्णय कहाँ छ ? भनेर सोध्दा इजलास अधिकृतले सरकारले नै फिर्ता लगेको जवाफ दिएका थिए ।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २८ गते फर्काउने गरी सरकारलाई फाइल दिइएको स्वीकार गरे ।

२३ गते नै मन्त्रिपरिषद्‍ले उक्त फाइल फिर्ता लिएको सर्वोच्चले जनाएको छ । २८ गते फिर्ता गर्ने गरी सर्वोच्चले उक्त फाइल मन्त्रिपरिषद्‍लेलाई फिर्ता दिएको बुझिएको छ । तर २८ गते उक्त फाइलको फोटोकपी मात्रै फिर्ता गरिएको छ ।

सर्वोच्चले सरकारलाई फिर्ता दिएको फाइलमा मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनको सिफारिस गरेको खुलेकाे छ ।

पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन ।

याे हाे सर्वाेच्चले सरकारलाई सुटुक्क फिर्ता दिएकाे फाइल 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung