३ श्रावण २०८३, आईतवार

 

चार पूर्व प्रधानन्यायाधीशसहित पूर्व सभामुखविरुद्ध सर्वोच्चमा मुद्दा

सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ । राजाराम घिमिरेले पूर्वसभामुख दमननाथ ढुंगानासहित उनीहरुविरुद्ध मंगलबार अपरान्ह सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

उनीहरूको अभिव्यक्तिले विचाराधीन प्रतिनिधिसभा विघटनका मुद्दामा हस्तक्षेप गरेको उल्लेख छ । पूर्वप्रधानन्याधीशहरू सुशीला कार्की, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको आलोचना गरेका थिए ।

दायर गरिएको रिटमा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गर्दै अवहेलना गरेको दाबी गरिएको छ । दायर निवेदनमा उनीहरु आफैं अदालतमा उपस्थित भएर जवाफ दिनुपर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung