सर्वोच्च अदालतले अवहेलाना सम्बन्धी मुद्दामा प्रधामन्त्री केपी ओलीसहित ४ जना पूर्वप्रधानन्यायाधीश र एक जना पूर्व सभामुखलाई उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो ।
रिटमाथि सुनुवाईपछि बाटोको म्याद बाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न जारी भएको हो । बहालवाला प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर अवहेलना मुद्दामा बयान दिन बोलाइएका नजिर सम्भवतः छैनन् ।
सर्बोच्च स्रोतका अनुसार आफैं लिखित जवाफ पेश गर्न आदेश दिइनु भनेको सम्बन्धित व्यक्ति आफैंले उपस्थित हुनु भन्ने हो । नत्र आफैं वा प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भन्ने आदेश आउथ्यो ।
प्रधानमन्त्री केपी ओली,पूर्व प्रधाननन्यायाधीशहरु मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र पूर्व सभामुख दमननाथ ढुंगानाले अदालतम विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए ।













































































































































































































