३ श्रावण २०८३, आईतवार

 

संवैधानिक परिषद्को नियुक्ति सिफारिस सभामुखले किन फिर्ता गरे ?

संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् ।

सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए । बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले नियुक्ति सिफारिसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताएका थिए ।

तर ५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।

सभामुख सापकोटाले संसदीय सुनुवाइ हुन नसक्ने भएकाले संवैधानिक परिषद्‍को सिफारिस फिर्ता पठाएको बताएका । यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

पत्र हेर्नुहाेस् 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung