संवैधानिक निकायमा भएको नियुक्तिको विरुद्ध सभामुख अग्नीप्रसाद सापकोटा सर्वोच्च अदालत गएका छन् । संसदीय सुनुवाइविना नै ११ संवैधानिक आयोगका ३२ पदाधिकारीको नियुक्तिपछि शपथ भएपछि सभामुख सापकोटा शुक्रबार सर्वोच्चमा रिट हाल्न पुगेका हुन् ।
सभामुखसहित शशी श्रेष्ठ, रेखा शर्मा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायतका विघटित प्रतिनिधि सभाका सदस्यहरु सर्वोच्चमा पुगेका छन् ।
सभामुख सापकोटाले केही समयपछि पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने बताइएको छ।
सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए ।













































































































































































































