४ श्रावण २०८३, सोमबार

 

राष्ट्रपतिसहित ३९ जनालाई विपक्षी बनाएर सर्वोच्चमा सभामुखले गरे रिट दायर

संवैधानिक परिषद्मा विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटाले राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्ष बनाइ रिट दायर गरेका छन् ।

उक्त रिटको पेसी सर्वोच्च अदालतले आइतबारलाई तोकेको ‍छ। सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागीसहित संवैधानिक परिषद्मा नियुक्ति शपथ ग्रहण गरेकाहरूलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।

संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।

रिक्त रहेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीको बुधबार नियुक्ति गरिएको थियो। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न आयोगका पदाधिकारीको नियुक्ति गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung