४ श्रावण २०८३, सोमबार

 

प्रधानमन्त्री ओलीका वकिलसँग रिसाउँदै प्रधानन्यायाधीशले भने– ‘तपाईंहरू भनेकै मान्नुहुन्न !’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रिसाएका छन् ।

प्रधानन्यायाधीश जबराले १ जनालाई १५ मिनेटको समय मात्रै दिन सकिने गरी आइतबार समय निर्धारण गरेका थिए । तर सोमवार शुरूमै बहस गरेका प्रधानमन्त्री ओलीको पक्षका अधिवक्ता ईश्वरी भट्टराईले बढी समय लिएपछि जबरा रिसाएका हुन् ।

अधिवक्ता भट्टराई नरोकिएपछि प्रधानन्यायाधीश जबराले भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईंको समय धेरै गइसक्यो । अब बहस नगर्नुहोस्, छाडिदिनुहोस् !’

जबराले अगाडि भने, ‘हाम्रो बाध्यतालाई हेर्नुहुन्न तपाईंहरू । तपाईंहरू भनेकै मान्नुहुन्न !’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung