१६ कार्तिक २०८३, आईतवार

 

बागलुङमा संकटमा संविधान विषयक विचार गोष्ठी

बागलुङ बजारमा संकटमा संविधान विषयक विचार गोष्ठी सम्पन्न भएको छ । सुशील कोइराला सोसलिष्ट युथ सर्कल बागलुङको आयोजनामा संकटमा संविधान विषयक विचार गोष्ठी सम्पन्न भएकाे हाे ।

गोष्ठीमा बोल्ने वक्तले वर्तमान सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई संकटमा पार्न उद्त भएको विचार राखेका छन् ।

कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय सदस्य धुब्रराज गौतम, नेपाली काँगेस महाधिवेशन प्रतिनिधि मन्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र  नेपाली काँगेस बागलुङको पूर्वसभापति प्रकाश शर्मा पौडेललगायतले आफ्नो विचार राखेका थिए ।

कार्यक्रम सोसलिष्ट बागलुङका अध्यक्ष दीपक सुवेदीको अध्यक्षता, सोसलिष्ट बागलुङकी कोषाध्यक्ष एलिना वलीको स्वागत र सोसलिष्ट बागलुङको सचिव नवराज परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung