सरकारले १६ जना सचिवको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ सचिवहरूको सरुवा गरेको हो ।
कुन सचिवको सरुवा कहाँ ?
तोयम रायः अख्तियार दुरुपयोग अनुसन्धान आयोग
सुरेश अधिकारीः निर्वाचन आयोगको कार्यालय
वेगेन्द्रराज शर्मा पौड्यालः भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
केदार न्यौपानेः युवा तथा खेलकुद मन्त्रालय
सूर्य गौतमः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
देबेन्द्र कार्कीः राष्ट्रिय सतर्कता केन्द्र
अर्जुन पोखरेलः उद्योग
दिनेश भट्टराईः वाणिज्य
महेन्द्र गुरागाईः लोकसेवा आयोग
वैकुण्ठ अर्यालः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
देवकुमारी गुरागाईः उपराष्ट्रपति कार्यालय
टेक नारायण पाण्डेः सार्वजनिक खरिद अनुगमन कार्यालय
मणिराम गेलालःराष्ट्रिय पुर्ननिर्माण प्राधिकरण
सुरेश आचार्यः नेपाल ट्रष्टको कार्यालय
सुमन अर्यालः प्रदेश नं १ को प्रमुख सचिवमा पदस्थापन













































































































































































































