३ श्रावण २०८३, आईतवार

 

अपराध महाशाखामा खापुङको इन्ट्री

महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको छ । थापाको कार्यकालमा महाशाखाले उपत्यकामा भएका ठूला प्रकृतिका अपराधको अनुसन्धानसँगै केही पुराना घटनाको पनि सफल अनुसन्धान गरेको छ ।

थापाको १२ वैशाखमा महाशाखामा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung