३ श्रावण २०८३, आईतवार

 

गण्डकीका ६ जिल्लाका सिडिओको सरुवा हेरफेर (सूचीसहित)

गृहमन्त्रालयले शुक्रबार एकैपटक विभिन्न जिल्लाका सिडिओसहित ५२ जना अधिकारीको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले  बागलुङसहित गण्डकीका प्रमुख जिल्ला अधिकार र सहयाक अधिकारकाे सरूवा हेरफेर गरेको हो । गृहले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिन्धुली सरुवा गरिएको छ । उनको ठाउँमा गृहमन्त्रालयबाट शिव कुमार कार्कीलाई पदस्थापन गरिएको छ ।

यस्तै, पर्वतको सिडिओ शम्भूप्रसाद रेग्मीलाई गृहमन्त्रालयमा सरुवा गरेको छ । उनको ठाउँमा गोरखाबाट देवी पाण्डेलाई पदस्थापन गरिएको छ । यसैगरी म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ । म्याग्दीका उमाकान्त अधिकारीलाई काठमाडौं जिल्ला प्रशासनमा सरुवा गरिएको छ । उनको ठाउँमा गृहबाट गणेशबहादुर अधिकारीलाई पदस्थापन गरिएको छ । कास्कीका सिडिओ ज्ञानप्रसाद ढकाललाइ धादिङ सरूवा गरिएकाे छ । उनकाे ठाउँमा गृहबाट थानेश्वर गाैतमलाइ पदस्थापन गरिएकाे छ ।

 

थप जिल्लाकाे हेर्नुहाेस्  :

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung