नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न सर्वोच्चले दिएको आदेशबमोजिम आइतबार अदालत पुगेर प्रचण्डले लिखित जवाफ पेश गरेका हुन् ।
प्रचण्डले आफूले अदालतको अवहेलना हुने केही नबोलेको दाबी लिखित जवाफमा गरेका छन् । आफूविरुद्धको रिट वर्तमान सरकारको नेतृत्वले नै प्रायोजित रूपमा तयार पारेको उनको आरोप छ ।
‘वर्तमान सरकारको नेतृत्वले प्रायोजित रूपमा तयार गरेको निवेदन खारेज गरी पाऊँ’ प्रचण्डले जवाफमा भनेका छन् ।
काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
पूर्ण पाठ हेर्नुहाेस् :



















































































































































































