२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्य फेरि घट्यो

सुनको मूल्य आज फेरि घटेको छ । हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ फेरि ९ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्