४ जेष्ठ २०८१, शुक्रबार

 

सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पुनः खड्का

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा लिलादेवि खड्का चयन भएकी छन् । केन्द्रको ६ औं वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनले खड्कालाई पुनः अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्ष सुमन बाँस्कोटा, महासचिव सावित्री केसी, सचिव मञ्जुल शाक्य र कोषाध्यक्षमा सुकमाया किसान चयन भएका छन् ।

शनिबार बागलुङमा सम्पन्न अधिवेशनले खड्ककुमारी खड्का, लक्ष्मी चापागाईं, शिवकला थापा, पम्फा किसान, रञ्जु पन्त, विद्या खड्का, इन्द्रा थापा, विदुर किसान, सुर्य रानाजी, र गीता खड्कालाई सदस्यमा चयन गरेको छ ।

सामुदायिक सेवा केन्द्रमा रहेर समाजलाई हित हुने काम गरेको भन्दै सेवा केन्द्रले प्रहरी जवान रामचन्द्र चापागाईं, मञ्जुकुमारी थारु, संस्थापन अध्यक्ष शहदेव राजभण्डारी र बागलुङ नगरपालिका–३ का वडासचिव भिमसेन पन्तलाई सम्मानित गरेको छ ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा न. ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले सामुदायिक सेवा केन्द्रमा आम नागरिक र प्रहरीको सहयोगले समाजमा हुने अनैतिक क्रियाकलाप कम हुने बताइन् ।

समाजमा हुने अनैतिक क्रियाकलापलाई कम गर्न प्रहरीसँग समुदाय मिल्नुको विकल्प नभएको बताएकी हुन् । कार्यक्रममा लिलादेवि खड्काको अध्यक्षता, उपाध्यक्ष काजीरोशनको स्वागत र सचिव सुमन बाँस्कोटाको सञ्चालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्