प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेला वैशाख ४ गते गरिने भएको छ । आज बागलुङमा बसेको बैठकले संगठन विस्तार एवम् संगठनलाई समयसापेक्ष अगाडी बढाउने निर्णयसहित वैशाख ४ गते गलकोटमा जिल्ला भेला गर्ने निर्णय गरेको हो ।
आज बसेको संगठनको बैठकले नेपाल पत्रकार महासंघ शाखा बागलुङमा आफ्नो एजेन्डा, कार्यक्रम प्रभावकारी र व्यवस्थित रुपमा अगाडी बढाउने निर्णय भएको संयोजक थम्मन थापाले जानकारी दिए ।
उनका अनुसार संगठनलाई थप सक्रिय बनाउन समय समयमा तालिम, गोष्टी, छलफल तथा नयाँ कार्यक्रम माफर्त प्रत्येक पालिकामा पुग्ने निर्णय भएको छ ।
बैठकले चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचनमा जिल्ला शाखा, प्रदेश र केन्द्रमा सर्वसम्मत नेतृत्व चयन भई नेतृत्व सम्हालेका संगठनका सदस्यहरुलाई सफल कार्यकालको शुभकामनासहित बधाइ ज्ञापन गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष एवम् संगठनका सल्लाहकार राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, पत्रकार महासंघका निर्वतमान सचिव राम थापा ‘अविरल’ इन्द्र केसी, राजु खड्का, सुर्यबहादुर विक, योगेन्द्र वि.क, सुमन सुनार, रामप्रसाद घिमिरे, पूर्णभद्र निउरे, अनिष खाती, ज्ञानबहादुर सिंह, विमल खड्कालगायतको सहभागीता रहेको थियो ।



















































































































































































































