काठमाडौंका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी छ । जारी बैठकमा कोभिड –१९ सङ्क्रमण फैलिन सक्ने स्थानहरूमा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भइरहेको छ । केही समय कडाइ गर्ने विषयमा हामीबिच छलफल भएको छ ।
‘लगभग हामी तीनै जना यस विषयमा सहमत छौँ । आज नै गृहसचिवसँग कुरा गरेर बेलुकासम्म केही निर्णय हुन्छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले भने ।
सार्वजनिक यातायातलाई जोरबिजोर वा बन्द गर्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै सपिङ मल, रेष्टुरेष्ट लगायत भिडभाड हुने क्षेत्रलाई पनि पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठुला सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो। काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा बढी सङ्क्रमित थपिएका थिए।
आइतवार बसेको सीसीएमसी बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्नरगराउन पनि निर्देशन दिएको छ।













































































































































































































