जिल्ला प्रशासन कार्यालय बागलुङबाट सवारी पास वितरण नहुने भएको छ ।
लकडाउनको समयमा यात्रा गर्नका लागि सवारी पासका बारेमा सोधिरहेको बताउँदै यसपटक सवारी पास वितरण नगरिने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।
बागलुङमा आंशिक लकडाउन गरिएको छ । हिँजो उद्योग वाणिज्य संघ बागलुङले जिल्लामा लकडाउन गर्न सिफारिस गरेको थियो ।














































































































































































































