३ जेष्ठ २०८१, बिहीबार

 

पत्रकार महासंघद्धारा ‘एक पत्रकार, एक ल्यापटप’ अभियान शुभारम्भ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको ‘एक पत्रकार, एक ल्यापटप’ अभियान शुभारम्भ गरिएको छ । पत्रकार महसांघ बागलुङका अध्यक्ष नरेश कँडेलले अघि सारेको एक पत्रकार एक ल्यापटप अभियान विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुरु गरिएको हो ।

अभियानका पाँच जना दाताको नाम उद्घोस गर्दे कँडेलले अभियान सुभारम्भको घोषणा गर्नु भएको थियो । अभियानको पहिलो दिन नेपाल पत्रकार महासंघ धौलालागिरी शाखाका प्रथम अध्यक्ष नारायणदत्त कँडेल, पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका संम्पादक

हरिनारायण गौतम, महासंघ धौलागिरी शाखाका पूर्व उपाध्यक्ष हाल क्यानडा रहनु भएका दिपकदत्त गौतम, पत्रकार महासंघका साधारण सदस्य श्रीधर कँडेलले रु. ५० हजारका दरले रकम सहयोग गर्नु भएको छ भने पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेल ५५ हजार ५ सय ५५ सहयोगको घोषण गर्नु भएको छ ।

अभियानमा हाल सम्म पाँच ल्यापटपका लागि रकम जुटिसकेको बताउदै थप २० जनाले ल्याप्टप खरिदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता आईसकेको अध्यक्ष कँडेलले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना दिवसको अवसरमा आगामी असार २५ गते पत्रकारलाई ल्यापटप प्रदान गर्ने गरी तयारी तिव्र पारिएको कँडेलले बताउनु भयो ।

ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशिलताका आधारमा ल्यापटप प्रदान गरिने छ । अभियान तीन वर्ष सम्म चलाईने र करिव १ सय २० जना संचारकर्मीहरुलाई ल्यापटप वितरण गर्न ७० लाख खर्च लाग्ने जनाईउको छ ।

पत्रकार महासंघले यसअघि ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ सञ्चालन गरी झण्डै एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, राजेशचन्द्र राजभण्डारी, निर्वातमान अध्यक्ष दिल शिरिषले महासंघले चलाएको अभियानमा आफूहरुको साथ, सहयोग तथा सर्मथन रहेको बताउनुभयो ।

कार्यक्रम महासंघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता उपाध्यक्ष नविन शिशिर विकको स्वागत र सचिव विजय रानाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्