३ जेष्ठ २०८१, बिहीबार

 

ताराखोलामा थप १० जनामा कोरोना संक्रमण

ताराखोला गाउँपालिकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरि अस्पताल बागलुङमा गरिएको पीसीआर परीक्षणमा ताराखोलाका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए । थापाका अनुसार वाड नम्बर १ मा ८ जनामा वडा नम्बर ३ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाले ४१ जनाको पीसीआर गरेको थियो जसमा १० जनाको रिपोट पोजेटिभ देखिको छ । यो संगै गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्