लायन्स क्लव अफ धौलागिरी,लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ पिस टाउनले धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
लायन्स क्लब अफ धौलागिरिका पूर्वअध्यक्ष राजनकुमार शाक्य र लायन्स क्लब अफ पिस टाउनकी अध्यक्ष रमा घिमिरेले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा शैलेन्द्र पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
क्लबले २४ हजार बराबरको मास्क,सेनिटाइजर र ग्लोब्स लगाएको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
उक्त सहयोग अभियानको लागि लायन्स क्लब अफ धौलागिरिका पूर्वअध्यक्ष तथा श्रीकृष्ण मेडिको कर्सनका प्रोपराइटर अनुप कुमार श्रेष्ठले पनि सेनिटाइजर सहयोग गरेको
लायन्स क्लब अफ धौलागिरिका तृतीय उपाध्यक्ष गणेत महतोले जानकारी दिए ।कार्याक्रममा लायन्स क्लब अफ धौलागिरिका पूर्वअध्यक्ष राजनकुमार शाक्य, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा शैलेन्द्र पोखरेल, व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगर,नेपाल पत्रकार
महासंघ बागलुङको अध्यक्ष नरेश कँडेल र लायन्स क्लब अफ पिस टाउनकी अध्यक्ष रमा घिमिरेले मन्तव्य व्यक्त गरेका थिए । कार्याक्रमको संचालन लायन्स क्लब अफ धौलागिरिका तृतीय उपाध्यक्ष गणेश महतोले गरेका थिए ।



















































































































































































































