३ जेष्ठ २०८१, बिहीबार

 

बाबुको दाहसंस्कारपछि छोराको मृत्युको खबर

दाङको बबई गाउँपालिका–४ निवासी नेकपा (एमाले)मा आबद्ध टोपबहादुर बस्नेतको आइतबार मृत्यु भयो । उनको लामो समय भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गरिएको थियो । उनको आज दिउँसो दाहसंस्कार गरिएको छ ।

उनको दाहसंस्कार गरेर फर्कँदै गरेको अवस्थामा उनका छोरा लक्ष्मण बस्नेतको पनि मृत्युको खबर आयो । उक्त खबरले सिंगो दाङलाई नै दुःखी बनाएको छ । एकै घरका दुईजनाको मृत्युको खबर सबैका लागि अप्रिय थियो ।

६ दिनअघि मात्रै लक्ष्मणको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, स्वास्थ्य अवस्थामा भने सुधार आएको थिएन । उनको सोमबार दिउँसो १ बजेतिर मृत्यु भएको जनाइएको छ ।

पछिल्लो समय कोरोनाका कारण एकै घरका दुईरतीनजनाको मृत्यु हुनेक्रम बढ्दो छ । गढवाका एकै घरका तीनजनाको मृत्यु भएको थियो भने घोराहीका एकै घरका बाबु–छोराको मृत्यु भएको थियो ।

दिवंगत लक्ष्मण बस्नेत पत्रकार पनि थिए । उनी पश्चिम दाङको एक मात्रै रेडियो हापुरे एफएमका संस्थापक थिए । उनी स्टेसन म्यानेजर भएर उक्त रेडियो सञ्चालनमा आएको थियो । अहिले त्यो रेडियोका स्टेसन म्यानेजर प्रेमबहादुर राम्जा छन् ।

स्टेसन म्यानेजर तथा प्रेस चौतारीका सचिव राम्जाले लक्ष्मणको उपचारका लागि अभियान नै चलाएका थिए । पत्रकार महासंघ दाङले पनि उनको उपचारका लागि अभियान सञ्चालन गरेको थियो । यसअघि पनि दाङका पत्रकार दामोदर अधिकारीको मृृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्