३ जेष्ठ २०८१, बिहीबार

 

गलकोट र ताराखोलाका दुई कोरोना संक्रमितको मृत्यु

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा काेराेना संक्रमणबाट दुई जनाकाे मृत्यु भएको छ । गलकोट नगरपालिका – १ का ७८ वर्षीय पुरुष र ताराखाेला गाउँपालिका– १ का २९ वर्षीय पुरूषकाे कोरोनाका कारण मृत्यु भएको हो ।

वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएका  ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको गलकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । योसँग गलकोटमा कोरोनाका कारण निधन हुनेको संख्या ४ पुगेको छ ।

२९ वर्षीय पुरूषकाे गत वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए । योसँगै ताराखोला गाउँपालिका कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्