प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अर्को निर्णय सर्वोच्च अदालतद्वारा रोक लगाउने आदेश गरेको छ । सर्वोच्चले आइतबार पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो ।
मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो।
उक्त निर्णयविरुद्ध सर्वोच्चमा परेकोझ रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो। सोही आदेशको अधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो। अधिवक्ता दिपकविक्रम मिश्रको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
















































































































































































