पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ। शुक्रबार बिहान जिसीले स्वास्थ्यमा अप्ठ्यारो महसुस गरेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात भएको पुष्टि गरेका थिए।
मेयर जिसीलाई अहिले थप उपचारका लागि काठमाडौं ल्याइएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन्।
बरालका अनुसार मेयरको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपनि मेयरले बोलचाल गर्न सकिरहेको बरालले जानकारी दिए।













































































































































































































