जिल्ला प्रशासन कार्यालय बागलुङले साउन १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बागलुङको बैठकले साउन १४ गते राति १२ बजेसम्म लागू हुने गरि निषेशाज्ञा थप गरिएको जिल्ला प्रशासका कार्यालय बागलुङका प्रमुख शिवकुमार कार्कीले जानकारी दिए ।
जसअनुसार होटल तथा रेष्टुरेन्टले बिहान देखि बेलुका ७ बजेसम्म टेकअवे, तथा होम डेलिभरि सेवा संचालन गर्न पाउने छन् ।
यस्तै , फेन्सी, ईलेक्ट्रोनिक्स, पुस्तक पसल , हार्डवयर , मोबाईल पसल , कस्मेटिक्स , टेलरिङ भने बिहान ११ बजे देखि साँझ ६ बजेसम्म संचालन गर्न पाईने कार्यालयले जनाएको छ ।
थप हेर्न सचूना पढ्नुहाेस्















































































































































































































