मानव सेवा आश्रम बागलुङले गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढा ‘सागर’लाई बधाई तथा सम्मान गरेको छ ।
मावन सेवा आश्रम बागलुङले मन्त्री बुढालाई शनिबार स्वागत तथा सम्मान गरेको हो । मानव सेवा आश्रमकी सञ्चालक सुमिरा लामाले मन्त्री बुढालाई आश्रमबारेमा जानकारी गरानुका साथै अवधारणा पत्र बुझाएको बताइन् ।
‘हामीले आश्रमको भवन बनाउँदै छौं, यसपटक प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको छ,’ उनले भनिन्, ‘रकम थप गरिदिन हामीले मन्त्रीलाई आग्रह गरेका छौं ।’
मन्त्री बुढाले आश्रमको बारेमा आफू जानकार रहेको बताउँदै सहयोगका लागि प्रदेश सरकारसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्याक्रममा मानव सेवा आश्रमका संचालकहरु निर्मल बहादुर श्रेष्ठ र शिव खड्काले मन्तव्य व्यक्त गरेका थिए ।






















































































































































































































