४ श्रावण २०८३, सोमबार

 

निजामती सेवा दिवसको अवसरमा बागलुङमा वृक्षारोपण

निजामती सेवा दिवसको अवसरमा बागलुङमा वृक्षारोपण गरिएको छ । मंगलबार दिवसको अवसरमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, ट्रडे युनियनका पदाधिकारी र कार्यालयका कर्मचारीहरुले बागलुङ नगरपालिका–३ रातामाटामा वृक्षारोपण गरेका हुन् ।

मंगलबार बिहान रातामाटामा पुगेर हर्रो, वर्रो, अमला, अम्बालगायतका करिब १२ प्रकारका ७० वटा  विरुवा वृक्षारोपण गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनका अनुसार निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासनबाट सेवा लिन पहिलो महिला र पुरुष सेवाग्राहीलाई सम्मान गरिएको छ ।

दिवसको अवसरमा कार्कीले सार्वजनिक सेवालाई स्वच्छ र जनमुखी बनाउन सके मात्र सरकारका संयन्त्रप्रति नागरिक विश्वास बढ्ने बताए । सार्वजनिक सेवालाई चुस्त, प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने उनको भनाइ छ ।

‘निजामती क्षेत्रलाई स्थायी सरकार पनि भनिन्छ, यो सधैँ नागरिकप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ’, प्रजिअ कार्कीले भने, ‘आधुनिक सिद्धान्त र पद्धतिलाई आत्मसाथ गर्दै सेवा प्रवाह गर्न सक्यौँ भने निजामती सेवाको गरिमा पनि बढ्छ ।’

 

 

 

 

 

 

तस्बिर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung