गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ल अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई सरुवा गरेको छ ।
पराजुलीको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।
पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए ।
सीडीओ पराजुलीले महामारीको वेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए ।













































































































































































































