२० भाद्र २०८३, शनिबार

 

एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

नेकपा एमालेका दुई जना संघीय सांसदले  नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको तर्फबाट रिट आएको सर्वोच्च प्रशासनले जनाएको छ ।

दल विभाजनको बेला शुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला निर्वाचन आयोग गएका थिए । तर, आयोगले उनीहरूको सनाखत नलिइ निर्णयमा भने उनीहरूको निवेदनलाई नोटिसमा राखेको थियो ।

रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेका छन् ।

पाण्डे नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धी हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung