१९ बैशाख २०८१, बुधबार

 

तेक्वान्दो संघ बागलुङको पदस्थापन

नेपाल तेक्वान्दो संघ बागलुङको चौथो जिल्ला अधिवेशनलबाट निर्वाचित समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत महिना भएको अधिवेशनले कर्णबहादुर बोहराको अध्यक्षतामा चयन भएको समितिको सोमबार पदस्थापन भएको हो ।

समितिका अध्यक्ष बोहोराले उपाध्यक्ष ओमकार थापा, बालकृष्ण शर्मा, सचिवमा नन्दु विष्ट, सहसचिव सुमन बाँस्कोटा, कोषाध्यक्षमा कल्पना श्रेष्ठ र अन्य सदस्यहरु टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी,अर्विन थापामगर, तार्जन कायतमगर, अनिता घिमिरे, राजन बोहरा, नविन शिषिर विक र गण्डकी प्रदेश तेक्वान्दो संघले सदस्यमा मनोनित गरेको सुवास आचार्यलाई पदस्थापन गराएका थिए ।

पदस्थापनसँगै बसेको बैठकले नेपाल तेक्वान्दो संघ बागलुङको पहलमा बाङगेचौरमा निर्माण गरेको बहुउद्देश्यीय कबर्डहललाई पूर्णता दिएर सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्